रवि लामिछानेसहित ३ जनालाई पाँच दिनसम्म थुनामा राखिने

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
रवि लामिछानेसहित ३ जनालाई पाँच दिनसम्म थुनामा राखिने

Share

नारीकोसिस डटकम/साउन ३१, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको प्रहरीले जानकारी दिए ।

आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँछ। आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया