उज्ज्वलनगर समाजद्वारा नवनिर्मित सामुदायिक भवन उद्घाटन

नारीकोसिस डटकम /भाद्र १, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ अन्र्तगत रहेको उज्ज्वलनगर समाजद्वारा नवनिर्मित सामुदायिक भवन औपचरिक रुपमा उद्घाटन गरिएको छ ।
सो भवनको उद्घाटन शनिवार कार्यक्रका प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री एंव संघिय सभासद माधव कुमार नेपालले गर्नुभएको हो ।
कार्यक्रका प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री एंव संघिय सभासद नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै, देश बनाउन सरकार मात्र पर्यप्ता नहुने भएकोले देश विकासको लागि जनताको भूमिका पनि उत्तिकै आवश्यक रहेको बताउदै सरकार, संघ–संस्था र जनता यी थ्री इन वान को मेल भयो भने धेरै असम्भव भनिएका कार्यहरु पनि सम्भव तुल्याउन सकिने बताउनुभयो । जहाँ संघ–संस्था, जनता निष्कृय रहन्छन त्यहाँ सरकारले अपेक्षा गरिएका कामहरु गर्न नसकिने भएकोले आपसमा हातेमालो गदै, मेलमिलाप तथा सहकार्यमा अगाडि बढ्न आवश्यक रहेको र यस कार्यमा उज्ज्वलनगर सामजले गरेको पहल तथा अग्रसरता सह्राणीय रहेको भन्दै संस्थाले गरेको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रमका अतिथि तथा नगरप्रमुख कृष्णहरी थापाले पनि स्थानीय तह र समाजका व्यक्तिहरुको सहकार्य भएमा हामी विकास निर्माणलाई सहजै अगाडि वढाउन सक्छौ भन्ने कुरामा जोड दिनुभयो ।
यस समाजले स्थापनाकालदेखि नै समाजिक तथा विकास निर्माण कार्यहरु गर्दै आईरहेको छ । उज्ज्वलनगर समाजका अध्यक्ष डि.एम. पोखरेलले कार्यक्रममा सहभागी सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि आ–आफ्नो क्षेत्रबाट सल्लाह सुझाव तथा सहयोगको लागि सवैमा अनुरोध गर्नुभएको छ ।
यसै अवसरमा संस्थाले सो भवन निर्माणमा सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान तथा संस्थाको साधारण सभा पनि सम्पन्न गरीएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता उपेन्द्र कार्की, सोही वडाका वडाअध्यक्ष कुन्दन खड्का, कार्यपालिका सदस्य कला घिमिरे, वडा सदस्य डोलानाथ पोखरेल र साहारा पुर्कोटी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए भने स्थानियवासीहरुको पनि उत्साहाजगत सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया