प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
प्रहरी जवानको शंकास्पद मृत्यु, प्रेमिका नियन्त्रणमा

Share

नारीकोसिस डटकम/भदौ १, काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् ।

नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा डेढ वर्षदेखि संगै बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् ।

प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ ।

मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो ।

ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । उनको श्रीमानको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया