पुडासैनीकी श्रीमतीद्धारा रवि लामिछानेविरुद्ध किटानी जाहेरी

नारीकोसिस डटकम/भदौ १, काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेविरुद्ध किटानी जाहेरी परेको छ ।
आइतबार पुडासैनीकी श्रीमती सम्झना घिमिरेले लामिछाने, अर्का पत्रकार युवराज कँडेल र अस्मिता कार्की विरुद्ध आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मुलुकी अपराध संहिता अनुसार कारवाही गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भई परिसरमार्फत चितवन प्रहरीमा जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया