चौतारी नाटक: एक वर्षमा २४ स्थानमा प्रदर्शन

नारीकोसिस डटकम/भाद्र २, बर्दिवास । जनहित संक्षण मन्च काठमाडौं, बर्दिवास नगरपालिका महोत्तरी र बटेश्वर गाउँपालिका धनुषाको सहकार्यमा सामुदायिक मेलमिलाप सामाजिक एकता सद्भाव तथा प्रवद्र्धन गर्ने उदेश्यले संचालित चौतारी नाटक सम्पन्न भएको छ ।
सो नाटक कार्यक्रम गत २०७५ भाद्र १ देखि शुरु २०७६ साउन १ गते सम्पन्न भएको हो । नाटक धनुषाको बटेश्वर गाउँपालिकाको १२ स्थान र बर्दिवास नगरपालिकाको १२ स्थानमा प्रदर्शन गरियो गरिएको थियो । सो नाटक साउन १ गते सम्ममा २४ स्थानमा प्रदशन गरिएको प्रो पव्लिकका कार्यक्रम अधिकृत रामआशिष चौधरीले जानकारी दिनुभयो ।
सामाजिक द्वन्द र मानिसहरुले आफ्नो जीवनमा भोगेका यर्थात भोगाइलाई नाटकका कलाकारहरुले नाटकमा प्रस्तुत गरेको थियो ।
नाटकमा बटेश्वर गा.पा. का ५ जना र बर्दिवास न.पा बाट ५ जना गरि जम्मा १० जना स्थानीय संवाद सहजकर्ता, कलाकार बाट नाटक प्रदर्शन गरेको र सो कलाकारहरु लाई थियटरका प्रशिक्षक तथा नाटयकर्मी शुरेस चन्द, रेनुका कार्की, सरिता साह र सिर्जना अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।
नाटकमा फाल्गुन मगर, सम्झना राई, कृष्ण खडका, बिस्णु थापा ,राजकरण महतो , नवीन महतो, मन्जु सिंह , अम्बिका साह, प्रमिला सिङ्ग लामा लगायत स्थानीय कलाकारहरुको सहभागीता रहेको थियो ।
चौतारी नाटक दाङ्ग जिल्लाको मानपुर र बिजौरीमा पनि संचालन भईरहेको छ ।
तपाईको प्रतिक्रिया