दाङमा एनसेल टावर आगजनी

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
दाङमा एनसेल टावर आगजनी

Share

नारीकोसिस डटकम/भदौ ३, दाङ । दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गएराति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५, रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी, कार्यालयले जनाएको छ ।

आगजनीबाट टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यद्यपि, उसले अहिलेसम्म यसको जिम्मेवारी लिएको छैन ।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरीले नायब जानकारी दिए ।

तपाईको प्रतिक्रिया