भारतमा दुई नेपालीको मृत्यु, आज शव नेपाल ल्याइने

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
भारतमा दुई नेपालीको मृत्यु, आज शव नेपाल ल्याइने

Share

नारीकोसिस डटकम/भदौ ३, बाँके । भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा नेपाल ल्याइने भएको छ ।

रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा पुगेका बाँकेका दुई जनाको पहिरोमा परी गत साउन ३२ गते मृत्यु भएको थियो। राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको पहिरामा परी मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए।

उनका अनुसार गत साउन ३२ गते रातिको समयमा आएको पहिरोले रुख ढलाउँदा च्याँपिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो।

उनीहरु गत साउन १७ गते स्याउ टिप्ने कामका लागि घरबाट हिँडेका थिए। उनीहरुसँगै गाउँका ३२ जना कामका लागि भारतको हिमाञ्चल प्रदेश गएका घर्तीले बताए।

अर्जुनले गत असार १७ गतेमात्रै विवाह गरेका थिए। कमाउन भारत हिँडेका श्रीमानको मृत्युको खबरले श्रीमती दीपा बुढा अचेत छन्।

तपाईको प्रतिक्रिया