निद्रा लाग्दैन भने यी उपाय अपनाउनुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
निद्रा लाग्दैन भने यी उपाय अपनाउनुहोस्

Share

हाम्रो जीवनमा निद्राको महत्व निकै नै हुन्छ । एक रात मात्र निद्रा बिगे्रमा दिनभरि नै जीउ भारी भएको महसुस हुन्छ हामीलाई दैनिक क्रियाकलापहरु गर्न कठिन हुन्छ।  त्यसै कारणले गर्दा मीठो निद्राका लागि केही उपाय अपनाउन सकिन्छ ।

१.सँधै एकै समयमा सुत्ने र उठ्ने बानी गर्नाले अनिद्राको समस्या हट्दै जान्छ ।

२.मनमा अनेक कुरा खेलिरहेका छन् भने ती कुरा डायरीमा लेखेर सुत्न जानुभयो भने निद्रा लाग्छ ।

३.हामी ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँने बानी हुन्छ यसले निद्रा लाग्दैन । त्यसैले सुत्ने बेलामा मोबाइल नचालएकै राम्रो हुन्छ ।

४.प्रेसर, डिप्रेसन लगायत औषधि नियमित सेवन गर्ने गरिन्छ भने यस्ता औषधि सुत्नुभन्दा ढेड अथवा दुईघण्टा अघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ ।

५.निद्रा लागेन भनेर मदिराको सेवन नगर्ने किनकी मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एकपटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या हुन्छ । मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टा अघि मात्र खाने गर्नुपर्छ ।

६.चुरोट खानेभन्दा नखानेहरु चारगुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरेको छ । चुरोटमा पाईने निकोटिनले राम्रोसँग निदाउन दिदैँन । त्यही भएर चुरोटको अम्मलीले सुत्नुअघि चुरोट नखानु राम्रो हुन्छ ।

७.मधुरो प्रकाश बालेर सुत्नुभयो भने निद्रा लाग्छ । दिउँसो दुई बजेपछि चिया, कफिजस्ता केफिनयुक्त पेय नलिनुस् ।

८.सुत्नुअघि चिया, कफि खाने बानी छ भने बानी सुधार्नुहोस् ।
केफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिदैँन ।

तपाईको प्रतिक्रिया