नेकपाको अबका बैठक प्रचण्डको अध्यक्षतामा

नारीकोसिस डटकम/भदौ ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अबका हरेक बैठकको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । बिहीबार विहान बसेको नेकपाको सचिवालयको बैठकले पार्टीको बैठकको अध्यक्षता प्रचण्डले गर्ने निर्णय गरेको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि दुई अध्यक्ष भए पनि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दै आएका थिए ।
बिहीबार विहान बसेको सचिवालय बैठकले आजै उपचारका लागि सिंगापुर जान लागेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव पारित गरेको छ ।



तपाईको प्रतिक्रिया