जागरण महिला अभियानद्वारा आयोजित कानुनी परामर्श तथा तीज विशेष कार्यक्रम सम्मपन्न

नारीकोसिस डटकम, भदौ ५, काठमाडौं । जागरण महिला अभियानद्वारा आयोजित कानुनी परामर्श तथा तीज शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु नारीहरुको महान पर्व तीज विशेष पारी महिलाहरुलाई कानुनी रुपमा सजक र सचेत बनाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम वुधावार जडिबुटीमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय महिला जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका तथा महिला समूहको प्रतिनिधिहरु लगायत स्थानीय महिलाहरुको वाग्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागी महिलाहरुलाई कानुनी अधिवक्ता रेनुका सिटौलाले विवाह, बहुविवाह, अंश ,घरेलु हिंसा तथा लेनदेनको कानुनी प्रक्रियावारे प्रशिक्षण दिनुभएको थियो ।
हिन्दु नारीहरुको महान चार्डको रुपमा मानिने यस पर्वलाई पछिल्लो समय देखासिखि तथा भड्किलो बन्दै गएको भन्दै तीजको नकारात्मक आलोचना भईरहेको वेला महिला जागरण अभियानले सव्य तरिकाले तीजवारे सकारात्मक सन्देश दिने उद्देश्यले महिलाहरुलाई कानुनी अधिकारको विषयमा सचते गराउन सो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष जानकी ऐरीले जानकारी दिनुभयो ।
महिला जगारण अभियानले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
तपाईको प्रतिक्रिया