तपाईको कुर्कुच्चा फुटेको छ भने………

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तपाईको कुर्कुच्चा फुटेको छ भने………

Share

खुट्टाको कुर्कुच्चा फुट्ने समस्या प्राय धेरै मानिसहरुलाई हुने गर्दछ । यसको समाधानका लागि तपाईले घरमै उपलब्ध हुने सरसामानबाटै उपचार विधि अपनाउन सक्नुहुन्छ ।

बेकिङ्ग सोडा :
आवश्यक्ता अनुसार मनतातो पानिमा ३/४ चम्चा बेकिङ्ग सोडा मिलाई त्यसलाई घोल्नुहोस र यसमा फुटेको हात, खुट्टाको कुर्कुच्चालाई डुबाउनुहोस् ।

भुइँकटहर :
भुइँकटहरको बोक्रामा इन्जाईम र एसिड पाईन्छ जसले फुटेको छालालाई निको पार्नमा मद्दत गर्दछ । भुइँकटहर तासेको बोक्राले फुटेको कुर्कुच्चा अथवा छालामा राम्ररी ढाकेर नरम कपडाले बाँध्नुहोस् ।

यसरि बाँधेको बोक्रालाई केहि घण्टा पश्चात् परिवर्तन गरि फेरि अघि जस्तै क्रिया दोहोर्याउँनुस् । यस्तो उपचार विधि लगातार एक हप्तासम्म गर्नाले तपाईको फुटको हात, खुट्टा निको हुनेछ ।

चिनी :
आधा गिलास जति चिनी लिनुस् । चिनीको आधा भाग जति मनतातो तातो पानिमा चिनीलाई घोल्नुस् । यदि उपलब्ध हुन्छ भने पानीको सट्टामा तपाईले ग्लिसिरिन अथवा नरिवलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यसलाई चिनीसँग घोलेर बाक्लो लेद बनाउनुहोस् ।

यसमा तपाईले पुदिना पनि मिसाउन सक्नुहुन्छ । यसरि तयार गरिएको चिनीको लेदलाई तपाईले फुटेको कुर्कुच्चा अथवा फुटेको हातमा लगाउँदा यसले छालालाई नरम, मुलायम बनाउनुका साथै यसले छालालाई सफा पनि बनाउँदछ ।

तपाईको प्रतिक्रिया