डेङ्गुबाट एक वृद्धको मृत्यु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
डेङ्गुबाट एक वृद्धको मृत्यु

Share

नारीकोसिस डटकम/भदौ ८, चितवन । चितवनमा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको जानकारी भदौ ६ गते कार्यालयलाई दिइएको हो । मृतकको नाम गोप्य राखिएको छ ।

सामान्य ज्वरो आएर साउन २९ गते भरतपुर सामुदायिक अस्पतालमा उपचार गराउन गएका उनको उपचार हुन नसकेपछि चितवन मेडिकल कलेजमा पठाइएको थियो । सोही मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया