बाघको आक्रमणले एक वृद्धको मृत्यु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
बाघको आक्रमणले एक वृद्धको मृत्यु

Share

नारीकोसिस डटकम/भदौ ८, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ ।

आज बिहान ७ः ३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया