दिमागमा धेरै कुराहरु खेलेर तनावमा हुनुहुन्छ ? दिमागी सन्तुलनको लागि यसो गर्नुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दिमागमा धेरै कुराहरु खेलेर तनावमा हुनुहुन्छ ? दिमागी सन्तुलनको लागि यसो गर्नुहोस्

Share

तपाई जीवनमा केही हासिल गर्न चाहनुहुन्छ । तर, त्यो कुरासम्म पुग्नको लागि बाटो सहज पक्कै हुन्न । जीवनका अनेक परिस्थिति पार गर्दै गर्दा दिमागमा अनेक कुराहरु खेल्न थाल्छन् । यस्तो अवस्थामा निराशामा जाने, डिप्रेसन हुने, मानसिक सन्तुलन गुम्ने या कुनै अप्रिय घटना हुने सम्भवना पनि बढ्छ । यसले गर्दा आफ्नो मानसिक स्वाथ्य राख्नु, सोचहरुको व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

लेख्ने बानी :
दिमागमा धेरै कुराहरु आउँछन् भने लेख्ने बानी सबै भन्दा उत्तम हो । आफ्नो दिमागमा आएका कुराहरुलाई लेख्ने गर्दा दिमागी सन्तुलन कायम गर्न निकै सहज हुन्छ । यसले गर्दा तपाईको मन हल्का हुन्छ र तपाईलाई आफ्ना विचारको विश्लेषण गर्न पनि पाउनुहुन्छ ।

आफ्नो लागि ठाउँ :
आफ्नो जीन्दगीमा आफनो लागि ठाउँ बनाउनुहोस् । आफ्नो हेरविचार गर्नुहोस् । आफूलाई प्राथमिकतामा राख्नुहोस् । मनोरन्जनको लागि समय छुट्टाउनुहोस् । विशेष दिन चाडपर्वमा खुलेर रमाउनुहोस् । यसले गर्दा तपाईमा सकारात्मक उर्जा आउँछ र नकारात्मक विचारहरु हट्दै जान्छन् ।

जीवनको प्राथमिकता :
आफ्नो जीवनको प्राथमिकताहरु छुट्टाउनुहोस् । तपाईको लागि सबै भन्दा महत्वपूर्ण के हो, त्यसमा केन्द्रित रहनुहोस् । यसले गर्दा तपाईसँग अनावश्यक कुराको लागि समय रहदैन भने अर्कोतर्फ, तपाईले आफूले चाहेको काममा राम्रो गर्दै जान सक्नुहुन्छ । त्यसपछि तपाईको दिमागबाट अनावश्यक कुराहरु हट्छन् ।

सम्बन्ध र सिमितता :
सकारात्मक सोच भएका मानिसहरुसँग सम्बन्ध अगाडी बढाउनुहोस् । आफ्नो काम र व्यक्तिगत जीवनलाई एकै ठाउँ नमिलाउनुहोस् । आफ्नो पेशागत मर्यादा र जीवनलाई ख्याल गरेर आफ्नो सिमितता बनाउनुहोस् । यसले गर्दा तपाई अनावश्यक झन्झटमा पर्नुहुन्न र अनावश्यक सोचहरु आउँदैनन् ।

काम गर्ने बानी :
काम गर्दै जाँदा अनावश्यक सोच पनि हट्दै जान्छन् । काम नगरी बस्नुभयो भने दिमागमा अनेक सोचहरुले डेरा जमाउन थाल्छन् । त्यस्तै, एकपटक एउटा काममा मात्र केन्द्रित रहनुहोस् । एकपटक थोरै काम गर्न थाल्नुभयो भने तपाइको दैनिकी सँगै तपाईको सोच पनि अस्तव्यस्त बन्छ ।

दैनिकी :
आफ्नो दैनिकी अस्तव्यस्त भयो भने तपाईमा अनावश्यक सोच आउन थाल्छन् र तनाव बढ्न थाल्छ । त्यसैले समय तालिका बनाएर काम गर्नुहोस् । आफ्नो दैनिकीलाई व्यवस्थित बनाउनुहोस् । समयलाई महत्व दिएर अगाडी बढ्नुहोस् ।

व्यक्तित्व विकास :
आफ्नो व्यक्तित्व विकासमा लगानी गर्नुहोस् । नयाँ कुराहरुसँग अपडेट रहनुहोस् । विभिन्न तालिम लिनुहोस्, सभा सेमिनारमा सहभागी हुनुहोस् । आफू बस्ने ठाउँ र आफूले काम गर्ने ठाउँ व्यवस्थित र सफा राख्नुहोस् । पुस्तक पढ्नुहोस् ।

शारीरिक अभ्यास, योगा या ध्यान :
बिहान छिटो उठ्नुहोस् र हिड्नुहोस् । बिहानको हिडाइले शारीरिक तन्दुरुस्ती सँगै दिमागी उर्जा पनि दिन्छ । हरियाली भएको ठाउँमा केही छिन बस्नुहोस् । योगा, ध्यानले अझ सहयोग गर्न सक्छन् । शारीरिक अभ्यास गर्नुहोस् । यसले गर्दा शारीरिक तथा मानसिक स्फूर्ति बढ्छ र नकारात्मक सोच, आलस्यता, तनाव हट्दै जान्छ ।

तपाईको प्रतिक्रिया