बच्चालाई झाडापखाला लागेमा के गर्ने ?
-दुई हप्ता भन्दा कम समय झाडापखाला लागेको छ भने एन्टीबायोटिक खुवाउनुहुँदैन ।
-खुवाउनुपरेमा अनिवार्य चिकित्सकको सल्लाह लिनुपर्छ ।
-दुई हप्ताभन्दा लामो समय झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । जसको उपचार फरक हुन्छ । त्यसमा पहिले कारण पत्ता लगाउनुपर्छ जसका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
-झाडापखाला लागेका वेला बच्चाले कतिपटक पिसाब गर्छ त्यो हेर्नुपर्छ । सो वेला कम्तीमा एक दिनमा ७ पटक पिसाब फेरेको हुनुपर्छ । झोलपदार्थ कम खाँदा कम पिसाब हुने र त्यसले मृगौलामा असर गर्ने हुन्छ ।
-झाडापखालाको उपचार गर्दा एन्टीबायोटिक खान आवश्यक छैन । त्यस्तो औषधि खुवाएमा बच्चाको रोगप्रतिरोधी क्षमता कम भई झनै समस्या हुन सक्छ ।
-दिसामा रगत गएको पाइएमा आउँ हुन सक्छ यस्तो वेला तत्काल स्वास्थ्य संस्थामा लगी दिसा जाँच गराउनुपर्छ ।
तपाईको प्रतिक्रिया