अम्बामा औषधीय गुण हुन्छ, जसले हाम्रो स्वास्थ्यलाई फाइदा पु¥याउँछ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अम्बामा औषधीय गुण हुन्छ, जसले हाम्रो स्वास्थ्यलाई फाइदा पु¥याउँछ

Share

नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । अम्बा एक प्रकारको मिठो फल हो र यो खानमा पनि निकै स्वादिलो हुन्छ । अम्बामा कम क्यालोरी र चिनी कम हुन्छ । यसले शरीरको तौल घटाउन समेत मद्दत गर्छ ।

अम्बा फल मात्रै होइन, यसको पात पनि औषधीय गुणले भरिपुर्ण हुन्छ । अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ ।

यस्ता छन्, अम्बा खानुका फाइदा :

१.अम्बामा प्रोटीन र फाइबर हुनाले मेटाबोलिजममा सुधार आउँछ ।
यसले कोलेस्ट्रोल स्तरलाई नियन्त्रणमा राखेर मुटुरोग लाग्नबाट बचाउँछ ।

२.यसमा भएको भिटामिन सी र आइरनले कमजोरी हटाएर तागत बढाउँछ ।

३.यसमा भएको भिटामिन बी ६ ले दिमागको शक्ति बढाउँछ र स्मरणशक्ति पनि मजबूत गराउँछ ।

४.यसमा भएको फाइटोन्युट्रिन्ट्सले क्यान्सरबाट समेत बचाउँछ ।

५.अम्बाको पातमा पनि एन्टीब्याक्टेरियल प्रपर्टी हुनाले डण्डीफोरजस्ता छालाका समस्या समाधान हुन्छन् ।

६.यदि तपाईमा मोटोपनको समस्या छ भने पनि अम्बाको पात प्रयोग गर्दा हुन्छ ।

७.अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निने लगायतका समस्या समाधान गर्छ । यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।

तपाईको प्रतिक्रिया