ललितपुर महानगरले डेंगी नियन्त्रणका लागि कार्यक्रम गर्ने

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
ललितपुर महानगरले डेंगी नियन्त्रणका लागि कार्यक्रम गर्ने

Share

नारीकोसिस डटकम/भदौ १२, काठमाडौं । ललितपुर महानगरपालिकाले डेंगी भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।

पछिल्लो समय ललितपुर महानगर क्षेत्रमा पनि डेंगीका बिरामी देखिएका छन्। ललितपुर महानगरपालिका चिरीबाबु महर्जनले भने, ‘ललितपुरमा डेंगी प्रभावित बिरामी देखिएकाले थप सजगता अपनाउन यस्तो निर्णय गरेका हौं।

ललितपुर महानगरभित्र बसोबास गर्ने महानगरबासीको स्वास्थ्यमा संवेदनशीलता अपनाउँदै उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय महानगरको कार्यपालिका बैठकले गरेको हो।

ललितपुर महानगरले डेंगी नियन्त्रण गर्नका लागि लामखुट्टेको बासस्थानखोजी गरी लार्भा नष्ट गर्ने अभियान तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ।

महानगरले सरोकारवाला निकायसँग डेंगी नियन्त्रणका लागि ल्याउनुपर्ने कार्यक्रम तर्जुमा गर्न उक्त छलफल राखेको हो।

तपाईको प्रतिक्रिया