विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोवाइल नचलाउन मन्त्री भट्टराईको निर्देशन

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
विमानस्थलका कर्मचारीलाई  कार्यालय समयमा मोवाइल नचलाउन मन्त्री भट्टराईको निर्देशन

Share

नारीकोसिस डटकम/भदौ १५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइलसमेत नचलाउने निर्देशन दिएका दिनुभएको छ ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिनुभएको हो ।

विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्रीभट्टराईको भनाइ छ ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया