बाढीले क्षति पुर्याएको स्थानहरुमा जनप्रतिनिधिहरुद्वारा स्थलगत अनुगमन, तिनै सरकार मिलेर पीडितलाई उचित राहत व्यवस्था गर्ने प्रतिबद्वता

नारीकोसिस डटकम/भदौ १६, नुवाकोट । नुवाकोट जिल्लाको तादी गाउँपालिकामा शनिवार राति परेको अविरल बर्षाका कारण तादी गा.पा. वडा नं ३ कोषकाढे स्थित रहेको खहरे खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको थियो । सो क्षति पुगेको स्थानहरुको पूर्वमन्त्री एंवम प्रतिनिधि सभा सदस्य हित बाहदुर तामाङ, उपसभामुख राधिका तामाङ प्रदेश सभा सांसद बद्री मैनालीलगात टोलीले स्थलगत निरीक्षण गर्नुभएको छ ।
सो निरक्षण टोलीमा गाउँ पालिका अध्यक्ष नारायण प्रसाद पाण्डे, प्रशासकिय अधिकृत वडा अध्यक्ष लगायत सि.डि ओ. एस.पि.को उपस्थिति रहेको थियो ।
स्थलगत निरक्षण गर्दै टोलीले तिनै तहका सरकार मिलेर पीडितलाई राहत र बस्ती बचाउन तटबन्ध बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
तादी गाउँपालिकाको वडा नं. २ र ३ मा रहेको घट्टे खोला र खहरे खोला कोसगाढेमा आईतवार राति आएको बाढिले २ वटा घर पूर्णरुपमा क्षति भएको र दर्जनौ पशु चौपाय बेपत्ता भएको थियो भने भने सयौं रोपनी जमिन वगाएको थियो ।



तपाईको प्रतिक्रिया