तराईमा तीज र चौठचन्द्रपर्व एकसाथ मनाइदै

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तराईमा तीज र चौठचन्द्रपर्व एकसाथ मनाइदै

Share

नारीकोसिस डटकम/भदौ १६, रौतहट । हिन्दु धर्मालम्वी महिलाहरुले पतिको दीर्घायुको कामना गर्दै तीज मनाउँदैछन् भने तराईवासी सन्तान एवम् पारिवारिक सुख समृद्धिको कामना गर्दै चौठचन्द्र पर्व मनाइरहेका छन् ।

सन्तान तथा पारिवारिक सुख समृद्धिको कामना गर्दै चौठचन्द्र पर्व साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्दछन् ।

भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहि आएको छ । यस पर्वमा चामल र गहुँको पीठोका विभिन्न पकवान बनाउनुका साथै पिरुकिया, पुरी, खाजा, फलफूल, खिर, र दहीसहितका पूजा सामग्रीको रूपमा प्रयोग गरिन्छ ।

तपाईको प्रतिक्रिया