टौमढी युथ क्लवद्वारा सेवा घर सम्मानित

नारीकोसिस डटकम/भदौ १८, भक्तपुर । भक्तपुरको टौमढिमा रहेको टौमढी युथ क्लवद्वारा सेवा घर सम्मानित भएको छ ।
प्रत्येक वर्ष हरितालिका तीजको दिन हुने तीज विषेश कार्यक्रमको बिचमा हुने सो सम्मान यस वर्ष सामाजिक सेवा शिर्षकमा मानव कल्याण समाज सेवा घरलाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिति तथा भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख श्री सबिन प्रधानले सो सम्मान प्रदान गर्नुभएको हो ।
मानव कल्याण समाज सेवा घरले स्थापनाकालदेखि नै दीनदुःखीहरुको सेवा गर्दै आईरहको छ ।



तपाईको प्रतिक्रिया