कन्टेनर चालकलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि बोल्यो रसुवा प्रहरीले

नारीकोसिस डटकम/भदौ, १८ रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले एक विज्ञप्ति जारी गरेको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको हो ।
चालकमाथि प्रहरीबाट भएको कुटपिट प्रकरणमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालय रसुवाले विज्ञप्तिमा उल्लेख छ ।
उक्त विषयमा कार्यालयबाट थप छानविन गरिने र दोषमिाथि नियमानुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
नेपाल प्रहरीका दुई व्यक्तिले जिल्लाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङका श्रीमान तामाङलाई बिच सडकमा लछारपछार गर्दै कुटपिट गरेका हुन् ।
कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । चालक तामाङ ना ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक हुन् ।



तपाईको प्रतिक्रिया