रसुवा घटनाबारे आइजीपीको निर्देशनः गल्ती गर्नेमाथि कारवाही गर्नु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
रसुवा घटनाबारे आइजीपीको निर्देशनः गल्ती गर्नेमाथि कारवाही गर्नु

Share

नारीकोसिस डटकम/भदौ १८, काठमाडौं । मंगलवार रसुवामा प्रहरीबाट ट्रक चालक कुटिएको भिडियो भाइरल भएपछि त्यसबारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

घटना कसरी भयो भन्नेबारेमा यथार्थ बुझनका लागि प्रहरीले अनुसन्धान गरिरहेको र चालकले पहिला हात छाडेको र नियन्त्रणमा लिने क्रममा प्रहरीबाट हातपात भएको स्वीकारेको छ ।

प्रहरीले चालकलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिएका छन् ।

घटनाबारे सत्यतथ्य छानविन गर्न र दोषीलाई कारवाही गर्न निर्देशन दिएको नागरिकखबरलाई उनले बताए ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । पार्किङमा राखिएको कन्टेनर हटाउन प्रहरीले आग्रह गरेको थियो । सो आग्रहलाई बेवास्ता गर्दै अटेर गरेरपछि प्रहरीले नियन्त्रणमा लिन खोजेका थिए ।

केहीबेर भनाभन भएको थियो । भनाभनपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । चालक कन्टेनरबाट ओर्लिएर भाग्न खोजेका थिए ।

भाग्न खोज्दै गर्दा घटनास्थलमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) माथि एक थप्पड लगाएको ती असईले बताएका छन् । प्रहरीले ती असईका नाम छानविनको क्रममा रहेको भन्दै सार्वजनिक गरेको छैन ।

ती असईमाथि हातपात गर्दै चालक भाग्न खोजेको देखेपछि नजिकै रहेका हवल्दारले केहीबेर लखेटेर चालक अशेष तामाङलाई समातेका थिए ।

रसुवा नाकामा यो घटना मात्र पहिलो भने होइन । सो नाकामा अरुबेला पनि प्रहरीबाट चालकहरु कुटिएको अन्य चालकहरुले बताएका छन् ।

सो घटनापछि जिल्ला प्रहरी कार्यालय रसुवाले छानविन थालेको छ । डीएसपी भागेन्द्रपुरुष ढकालले त्यस घटनाबारे अनुसन्धान भइरहेको बताए । चालकलाई भने प्रहरीले हिरासतमा राखेको छ ।

तपाईको प्रतिक्रिया