सुनको भाउ अहिलेसम्मकै उच्च

नारीकोसिस डटकम/भदौ १८, काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
मंगलबार ७२ हजार ५ सय मुल्यमा कारोबार भईरहेको छापावाला सुन बुधबार १ हजार बढेर प्रतितोला ७३ हजार ५ सय पुगेको हो ।
यसै गरी चाँदीको मुल्य पनि ४५ रुपैयाले वृद्धि भएर बुधवार ९ सय ४० रुपैयामा कारोवार भइरहेको छ ।
अन्तराष्ट्रिय बजारमा नै मुल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी महासंघको भनाई छ ।
यो अझ बढ्ने महासंघका अध्यक्ष मोहन कुमार सुनारको भनाई छ ।



तपाईको प्रतिक्रिया