आजदेखि कागेश्वरी महा मेला सुरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आजदेखि कागेश्वरी महा मेला सुरु

Share

नारीकोसिस डटकम/भदौ १९ काठमाडौ । काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ गागफेदीस्थित धार्मिक तथा ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा आजदेखि कागेश्वरी ‘महा मेला २०७६’  सुरु भएको छ ।

हिन्दु र बौद्ध धर्मावलम्बिहरुको संगम तीर्थस्थलको रुपमा समेत रहँदै आएको यस मन्दिरमा वर्षेनी मेला लाग्ने गर्दछ ।

भाद्र महिनाको कागेअष्टमीका दिन लाग्ने धार्मिक ऐतिहासिक सो महा मेला विविध कार्यक्रमका साथ आज देखि सुरु भएको हो ।

किंवदन्ती अनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेपछि त्यहाँ खोस्रेर हेर्दा महादेवको मूर्ति फेला परेकाले त्यसै बेलादेखि त्यस मन्दिरको नाम कागेश्वरी महादेव मन्दिर रहन गएको जनविश्वास रहेको छ।

यस्तै रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहेको छ।

तीन दिन सम्म लाग्ने सो मेलाको पहिलो दिन कागेश्वरी मन्दिरको महत्वका बारेमा कवि गोष्ठि तथा साहित्यक कार्यक्रम सञ्चालन गर्ने, दोस्रो दिन कागेअष्टमीका दिन सँस्कृति पर्यटन तथा नागरिक उड्यमन्त्री योगेश भट्राईको प्रमुख आतिथ्यतामा कागेश्वरी महादेव मन्दिर मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको र तेस्रो दिन अर्थात २१ गते मन्दिरको सरसफाइ गरिने कार्यतालिका रहेको आयोजकले जनाएको छ ।

पर्यटन प्रवर्धन गर्ने हिसाबले नगरपालिकाले २ सय २७ किलो धातुको कागको मूर्ति स्थापना गरेको छ। कागेश्वरी महादेवको मन्दिरमुनि र माथि छहरा र झरना छन्।

तपाईको प्रतिक्रिया