भिमफेदीमा सुमो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु, १० घाईते

नारीकोसिस डटकम/भदौ २०, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडानम्बर ६ जुरिखेतमा टाटा सुमो दुर्घटना हुँदा एक शिसुको घटनास्थलमै मृत्यु भएको छ । अन्य १० जना घाईते भएका छन् ।
सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना. १ ज. ३६४० नम्वरको सुमो भीमफेदीमा दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चियानडाँडाबाट सुमो तल झर्दा दुर्घटना भएको प्रतक्षदर्सीहरुले वताएका छन् । मृत्यु हुनेमा १० महिने नावालीका समरागी माझी रहेकी छन् ।
प्रहरीका अनुसार काठमाण्डौँ–हेटौँडा छोटो मार्ग अन्र्तगत जुरीखेतको चिहानडाँडाबाट सुमो १ सय मिटर तल झरेको हो ।
घाईते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाईवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम, महेन्द्र शाही रहेका छन् । त्यसैगरी सिन्धुलीका दलबहादुर हिम्डुम, महोत्तरीका बिरबहादुर वाईवा रहेका छन् ।
घाईतेहरुको भिमफेदी अस्पताल, हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।



तपाईको प्रतिक्रिया