तपाई निन्द्राको समयमा घुर्नु हुन्छ भने यो रोग हो कि होइन भनेर अवश्य जान्नुहोस ।

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तपाई निन्द्राको समयमा घुर्नु हुन्छ भने यो रोग हो कि होइन भनेर अवश्य जान्नुहोस ।

Share

नारीकोसिस डटकमर भदौ २२, काठमाडौं । साधारण घुराइ र रोगका कारण हुने घुराइमा भिन्नता हुन्छ । साधारण घुराइ मोटोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई हुनसक्छ । तर यसमा ‘स्लीप एप्निया’मा जस्तो श्वास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन । ‘स्लीप एप्निया’ हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वासनली सागुरो भइ केही बेरको लागि बन्द हुन्छ । जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ । यसको केही समयपछि छोटो समयको लागि बिरामीको निद्रा खुल्छ अनि फेरि श्वासप्रस्वास सुचारु हुन्छ ।

यस्तो बेलामा हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन सक्छ । ‘घुर्ने, सास रोकिने, ब्युझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्छ जसका कारण बिरामीको निद्राको गुणस्तर एकदम कम हुन्छ ।

धेरै जसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना हुँदैन । बिरामीलाई भन्दा सँगै सुत्ने पार्टनरलाई यी कुराहरु बढी थाहा हुन सक्छ । यसको अल्पकालीन परिणाममा मुटुको चाल गडबड हुने तथा हार्ट अट्याकदेखि लिएर दीर्घकालिनरुपमा शारीरिक तथा मानसिक असरहरु हुन सक्ने भएकाले शंका लाग्ने वित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

तपाईको प्रतिक्रिया