काठमाडौंमा सोमबारदेखि विद्युतीय बस गुड्दै

नारीकोसिस डटकम/भदौ २२, काठमाडौं । काठमाडौंमा सार्वजनिक यातायात सोमबारदेखि विद्युतीय बसको पुनरागमन हुँदैछ ।
सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो ।
सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै छ । तत्कालै ७ वटा बसमार्फत सेवा थाल्ने योजना कम्पनीको छ ।
केही दिनभित्रै ५ वटा बस काठमाडौं आइपुग्दैछन् । ट्रली बसपछि काठमाडौंमा पहिलो पटक सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया