डेंगु ज्वरोका लक्षणहरु थाहा पाउनुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डेंगु ज्वरोका लक्षणहरु थाहा पाउनुहोस्

Share

डेंगु ज्वरो
डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सीधै सर्दैन । यो लामखुट्टेले सफा पानी जमेका स–साना स्थानमा फुल पार्ने गर्छ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बामा, रङका खाली डब्बा, पुराना टायर, अलकत्रा र मट्टीतेलका खाली ड्रम, फूलदानी, गमला, कुलर, पानीका ट्यांकी, आदिमा फुल पार्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप बढी हुने गर्छ ।

लक्षण

डेंगु ज्वरोको मुख्य लक्षण एक्कासि ज्वरो आउनु हो । जुन ५ देखि ७ दिनसम्म रहने गर्छ ।
-आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने गर्छ ।
-शरीर कट्कटी दुख्ने हुन्छ ।
-शरीरमा बिमिरा आउने र रक्तश्राव हुने हुन्छ ।
-जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने हुन्छ ।
-उच्च ज्वरोसँगै माथिका लक्षणमध्ये दुई वा दुईभन्दा बढी लक्षण देखापरेमा डेंगु भएको शंका गर्न सकिन्छ । यसका साथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत रहेको नीलडाम देखापर्ने, बेहोस हुने आदि लक्षण देखापर्छ ।
-डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकाले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ ।
-डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकाले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ ।

उपचार
डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकाले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गरिन्छ । लक्षण देखिएमा स्वास्थ्य जाँच र उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

बच्ने उपाय

-डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । आफू बस्ने ठाउँवरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली
-ड्रम, पुराना टायर आदिमा पानी जम्न दिनुहुँदैन ।
-पानी जमिहालेमा हप्तामा दुईपटक पानीवरिपरि मोबिल वा मट्टीतेल छर्कने र खानेपानीका ट्यांकीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाक्नुपर्छ ।
-पानी ट्यांकीलाई हरेक हप्ता खाली गरेर सफा गर्नुपर्छ ।
-कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टीतेल हालिदिनुपर्छ । प्रत्येक पाँच–पाँच दिनमा कुलरमा रहेको पानी सफा गर्नुपर्छ ।
-गमलामा रहेको पानी पनि हप्ता–हप्ता दिनमा सुक्न दिनुपर्छ । यस्तै, भाँडामा पानी जम्न नदिन घोप्ट्यार राख्नुपर्छ ।
-लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका शरीर ढाक्ने लुगा लगाउनुपर्छ । डेंगु ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट -बच्नु नै यस रोगबाट बच्ने मुख्य उपाय हो ।

डा. विवेक लाल
डाइरेक्टर, इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखा

नयाँपत्रिका

तपाईको प्रतिक्रिया