नुवाकोटका चर्चित गायक संगम थापाको “सम्झना जुनिभरिलाई” सार्वजनिक (भिडियो)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नुवाकोटका चर्चित गायक संगम थापाको “सम्झना जुनिभरिलाई” सार्वजनिक (भिडियो)

Share

नारीकोसिस डटकम/भदौ २३, नुवाकोट ।  तादी गाउपालिका-२, रालुकामा जन्मिनु भएका करिव एक दशकदेखि निरन्तर सांगितिक क्षेत्रमा आफ्नो छुट्टै छवि बनाउन सफल युवा गायक संगम थापाको नेपाली लोकदोहोरी गीत “सम्झना जुनिभरलाई” सार्वजनिक भएको छ ।

उक्त गीतको म्युजिक भिडियोसहित आईतवार औपचारिक रुपमा Mama Bhanja अफिसियल युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरिएको हो । गीतमा गायक थापाको र श्याम लामाको स्वर रहेको छ भने शव्द-संगित पनि गायक थापा र श्याम लामाकै रहेको छ । जसलाई गंगा ठकुरीले साथ दिनुभएको छ ।

लोक लयमा आधारित मौलिक सामाजिक भावना बोकेको सो गीत बिल्कुल फरक रहेको गायक थापाको भनाई छ ।

गायक थापाका अनुससार श्याम लामासँगको सहकार्यमा सो गीत बजारमा ल्याएको हो ।

यसअघि गायक थापाले सम्झी आउनु है, सङ्गै बसौ न, मन साह्रै रोइराछ, झर्यो फुल रित्त्यो बोट पनि, फेसबुक जस्ता चर्चित गितहरुमा स्वर दिनुभएका उहाँ गायन क्षेत्रमा मात्र सफल नभई शब्द– सङ्गीतमा पनि उत्तिकै सफल हुनुहुन्छ ।

सो भिडियो असोक कार्कीले छायांकन गर्नुभएको छ भने सम्पादन दिप सागरले गर्नुभएको हो । निर्देशन स्वंयम गायक थापाले नै गर्नुभएको हो ।

आफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाउदै गायक थापाले म्युजिक भिडियो निर्देशनमा पनि आफूलाई अगाडि बढाउनुभएको हो ।

भिडियोमा मोडल सागर राना र श्रीजना किरातीको अभिनय रहेको छ ।

गीत संगीत तथा सांगीतक क्षेत्रमा लागेका अग्रज, अनुज सबैलाई उत्तिकै माया गर्ने गायक थापा पछिल्लो समय गीत-संगीतमाअस्वस्थ प्रतिस्पर्धा गरी घमण्ड गर्ने प्रवृत्ति बढेको तथा केही हावा–हुरी चलेको अनुभव सुनाउदै भन्नुहुन्छ “प्रतिस्पर्धा, कलाकारबिच नगरी बजार, र स्रोताको मन मस्तिष्कमा बस्न सक्ने गरी राम्रो, हाम्रो कलाकार बन्न सिक्नहोस्।” गायक थापाले आफू आँफै पनि दर्शक स्रोताको मन जित्नमा तल्लिन रहेकाले अस्वस्थ तथा देखासेखी प्रतिस्पर्धा नगर्न उहाँको सुझाव छ । ।

हाल गायक तथा मोडल पुरुसोत्तम दाहालसङ्गको सहकार्यमा Mama Bhanja  अनलाइन सञ्चालक समेत रहेका गायक थापाले आम दर्शक स्रोतालाई सल्लाह -सुझाब दिनुहुन अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया