नेपाल र चीनबीच तीन सम्झौता, मनाङमा अस्पताल बनाइदिने

नारीकोसिस डटकम/भदौ २३, काठमाडौं । नेपाल र चीनबीच चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार मूख्य तिन बुँदामा सम्झौता भएको छ ।
काठमाडौंको याक एण्ड यती होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।
पहिलो सम्झौता मनाङमा करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको छ ।
यस्तै चीनले आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने भएको छ ।
दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को–अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।
तेस्रो सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने भएका छन् । यसमा शिक्षासचिवले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया