आमा सम्बन्धी प्रसिद्ध विद्धवानहरुको भनाईहरु

१. मेरी आमा नै मेरो शक्ति हुन् ।
–एलिसिया किज
२. जव एउटा बच्चा जन्मिन्छ, त्यो बच्चाको जन्म सँगै आमाले पनि पुनर्जन्म लिन्छिन् ।
–गिल्बर्ट पार्कर
३. छोराछारीको लागि एउटा बाबुले गर्नुपर्ने सवैभन्दा महत्वपूर्ण काम भनेको उनीहरुकी आमालाई माया गर्नु हो ।
–थेओडोर हेस्बुर्घ
४. रुनको लागि सवैभन्दा सुरक्षित र राम्रो ठाउँ भनेको आमाको अँगालो हो ।
–जोडी पिकल्ट
५. मैले आफ्नो जीवनमा देखेका महिलाहरु मध्ये मेरी आमा सवैभन्दा राम्री महिला हुन् ।
–जर्ज वाासिङगटन
६. मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् ।
–माइकल ज्याक्सन
७.आमाको मन, बच्चाको कक्षाकोठा हो ।
–हेनरी वार्ड बीचर
८. आमाको अँगालो कोमलताले बनेको हुन्छ । त्यसैले बच्चाहरु आमाको काखमा मस्तको निन्द्रा सुत्न सक्छन् ।
–भिक्टर हुयगो
९. आफ्ना सन्तालाई धेरै कुरा दिनको लागि आमाले आफ्नो जीवनमा धेरै कुराहरु त्याग्छिन् ।
–क्याथरिन पल्सिफर
१०. जो व्यक्तिसँग भगवान जस्ती आमा छिन्, त्यो व्यक्ति नै धनि व्यक्ति हो ।
–अब्राहम लिंकन
मलाई असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिनेछु ।
–नेपोलियन वोनापार्ट
तपाईको प्रतिक्रिया