एक इन्जिनियर बलात्कारको आरोपमा पक्राउ

नारीकोसिस डटकम/भदौं २५, बैतडी । प्रहरीले बलात्कारको आरोपमा एकजना इन्जिनियरलाई पक्राउ गरेको छ । मंगलबार साँझ मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्दलाई पक्राउ गरेको हो ।
स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरीको भनाइ छ । किशोरी सब–इञ्जिनीयर पढ्दै थिइन् ।



तपाईको प्रतिक्रिया