आदिवासी जनजातीले संविधानको विरोध आन्दोलनको तयारी

नारीकोसिस डटकम/भदौ २५, काठमाडौँ । संविधान जारी भएको दिन असोज ३ गतेलाई सरकारले हर्सोल्लासका साथ मनाउने तयारी गरिरहेका बेला आदिवासी जनजातीहरुले भने सो दिनलाई ‘कालो’ दिनका रुपमा मनाउने भएका छन् । साथै उनीहरुले संविधानको विरोधमा आन्दोलनका कार्यक्रमहरु नै घोषणा गर्ने तयारी गरेका छन् ।
आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरुले संविधानप्रति असहमति जनाउदै असोज ३ लाई कालो दिनका रुपमा मनाउन लागेको बताएका छन् ।
विरोधमा बुधबार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको आदिवासी जनजाती संघ संगठनहरुले जनाएका छन् ।



तपाईको प्रतिक्रिया