बिहानै खाली पेटमा यी चिजहरु स्वास्थ्यको लागि खतरनाक छ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बिहानै खाली पेटमा यी चिजहरु स्वास्थ्यको लागि खतरनाक छ

Share

कुन खानेकुरा कुन समय, कति, कसरी र कस्तो अवस्थामा खाने भन्नेमा ध्यान दिनसके मानिसको स्वास्थ्य धेरै राम्रो हुन्छ। मानिस निरोगी बन्छ। सचेत रहनुस् ।  खाली पेटमा खाना नहुने खानेकुराहरु :

१.औषधि
खाली पेटमा औषधी खाँदा उत्तिकै होसीयार हुनुपर्छ । खाना नखाई औषधी खाएमा औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्त्वहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया दिँदा ठूलै समस्या निम्तन्छ । जहिले पनि खाना खाइसकेपछि मात्र औषधी खानुपर्दछ ।

२.दूध चिया
एक बिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने अब स्वास्थयबारे सोच्ने बेला भयो । दुध चियाले तपाईको पेटमा ग्याँस्ट्रिकको समस्या असाध्यै बढाउँछ । चिया पिउनु आगडी मनताते पानी पिएपछि मात्र भने ब्ल्याक टि वा ग्रीन टी पिउनु राम्रो हुने चिकित्सकको सुझाव छ ।

३.मसालेदार खाना
बिहानै खाली पेटमा मसलेदार स्पाईसी वा धेरै पिरो खानेकुरा खानुहुन्छ भने स्वास्थमा निकै ठूला समस्या देखिन्छ । यसमा अब सचेत हुनुपर्छ ।खाली पेटमा मसालेदार खानेकुराा नखनु राम्रो हुन्छ ।

४.केरा
खाली पेटमा केरा खानु हुँदैन । केराले छिटो वजन बढाउन मदत गर्ने भएकोले दुब्लो पातलो मानिसहरु बिहानै केरा खाने गर्छन् । तर बिहानै केरा खानु स्वास्थ्यका दृष्टिकोणबाट राम्रो नहुने चिकित्सक बताउँछन् ।

५.गोलभेंडा
एकबिहानै खाली पेटमा गोलभेंडा खाँदा यसमा हुने अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । परिणामस्वरुप पेट दुख्ने, ग्यास्टिक हुने, पेट पोल्ने, बान्ता हुने, पत्थरीको संभावना बढ्ने हुन्छ ।

६.सोडा
खाली पेटमा सोडा खाँदा पनि उत्तिकै जटिल समस्या देखिन्छ । सोडा खाँदा पेटको अम्लसँग मिलेर राशायनिक प्रतिक्रिया सुरु हुन्छ र पेट दुख्ने समस्या बढ्छ । पेट फूल्ने, पेट पोल्ने, दिसा लागेजस्तो हुने, अपच हुने, छाति पोल्ने हुनसक्छ ।

७.अल्कोहल
खाली पेटमा अल्कोहल खानु पनि विष सरह हुन्छ ।

८.कोल्ड ड्रिङ्स
खाली पेटमा कहिले पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । यस्ता पदार्थमा हुने कार्बोनेट एसिड र पेटको एसिडसँग मिसिँदा गम्भीर समस्या निमित्न सक्छ ।

९.अमिलो फल
खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । अमिलोयुक्त फलफूलले पेटमा एसिड बन्छ ।

 

 

तपाईको प्रतिक्रिया