लामखुट्टे धपाउनको लागि बालिएको धुपबाट गोठमा आगलागी

नारीकोसिस डटकम/भदौ २७, वीरगञ्ज । पर्सामा लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर आगलागी भएको छ । आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् ।
जिल्लाको पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा २ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगलागीबाट करिब तीन लाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया