अनुहारको दागधब्बा हटाउने देखी लिएर अन्य कुरामा पनि फिटकिरीको फाइदा छ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अनुहारको दागधब्बा हटाउने देखी लिएर अन्य कुरामा पनि फिटकिरीको फाइदा छ

Share

सुन्दर देखिने रहर सबैको हुन्छ, अझै अनुहार राम्रो बनाउने चाहाना सबैको हुन्छ र अनुहार चम्किलो र दागधब्बा रहित बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौ ।

त्यसको समाधानको लागि हामी कस्मेटिक र औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपाय अपनाउन सक्छौ । त्यसमा फिटकिरी लाभदायी मानिन्छ ।

फिटकिरीको प्रयोग हामी निम्न समस्यामा गर्न सक्छौः

अनुहार तथा शरीरको कुनै पनि भागमा छालामा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सक्छौ । त्यसको लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ । केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।

त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया