खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्नुहोस्

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्नुहोस्

Share

कुबेला भोजन गर्ने तथा एउटा खाना नपच्दै अर्को खानेकुरा खाइयो भने राम्रोसँग पच्दैन । यस्तै कुनै बेला धेरै चिल्लो या मसलेदार खाना खानाले पनि अपच हुन्छ । तर यसबाहेक अन्य कारण पनि हुन्छन् । जसले अपचको समस्या ल्याउँछ ।

लक्षण :
यो रोग लागेको बेला भोक लाग्दैन, जीउ भारी भएजस्तो हुन्छ, अमिलो डकार आउँछ, छाती पोलेको जस्तो हुन्छ, उल्टी हुन्छ, पेट फुल्छ, टाउको भारी हुन्छ, मुटुको धडकन बढ्छ, शरीर आलस्य हुन्छ, जिब्रोमा फोहोरको पत्र लाग्न थाल्छ । जब रोग पुरानो हुन्छ, तब पेटमा ग्यास बढ्ने समस्या देखापर्छ ।

कारण :
भारी खाना, धेरै खानु, कुसमयमा खाना खानु, राम्रोसँग नचपाइकन खानु, धेरै मानसिक परिश्रम गर्नु, शारीरिक परिश्रम नगरी आराम गर्नु, चिया, कफी, रक्सी, चुरोट धेरै मात्रमा सेवन गर्नु, बासी खाना या अत्याधिक पिरो मसालेदार खाना खानु, राति अबेरसम्म नसुती बस्नु, डर, रिस ईष्या, मनमा ग्लानि हुनु, मन नलागेको खाना जबर्जस्जी खानु, खाना खाइसकेछि धेरै पानी पिउने गर्नु आदि ।

के खाने ?

१.नियमित रूपमा समयमै सन्तुलित, हल्का खाना खाने, पुरानो चामलको भात खाने ।

२.सुत्नुभन्दा तीन- चार घन्टापहिले नै राम्रोसँग चपाएर खाना खाने ।

३.खाना खानु भन्दा अगाडि र पछाडि अदुवा र कागतीको रस आधा – आधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।

४.नरिवलको पानी, काँचो गिरी, दही, मूला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियमित रूपमा खाने ।

५.बेथुको साग र काँचो मेवा खाने ।

के नखाने ?

१.धेरै बासनादार, बासी, आधा पाकेको खाना नखाने ।

२.मीठो लाग्यो भन्दैमा एकै चोटी धेरै खाना पनि नखाने ।

३.अमिलो, पिरो, मसला, गरम मसला, बेसनबाट बनेको चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा नखाने ।

४.पान, बिँडी, चुरोट, तमाखु, रक्सीबाट टाढै रहने ।

५.राती दही नखाने ।

६.खाना खाएपछि तत्कालै धेरै पानी नपिउने ।

रोग निवारणमा उपाय
सूर्योदय हुनुभन्दा अगाडि नै उठेर घुम्न जाने र शारीरिक ब्यायम गर्ने ।

सधैँ नुहाउने ।

बिहान खाली पेटमा सधैँ एक गिलास पानी पिउने ।

खाना खाइसकेपछि कफी पिउनु पर्छ, जसले चित्त प्रशन्न पार्छ र स्फुर्ती आउँछ ।

के नगर्ने :
राती धेरैबेरसम्म नबस्ने ।

खाना छिटोछिटो नखाने र बीचबीचमा पानी पनि नपिउने ।

सम्भोगमा धेरै सहभागी नहुने ।

मानसिक उत्तेजना नहोस् भन्नको लागि छिटो – छिटो, हडबडीमा काम नगर्ने ।

रिसाउन छोड्ने ।

तपाईको प्रतिक्रिया