पेस्ता सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ ।

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
पेस्ता सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ ।

Share

पेस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रुपमा  लिने गरेका छन् ।
फाइदाहरु :
१.मुटु
नियमित रुपमा पेस्ता खानाले मुटुजन्य समस्या बाट सहजै छुटकारा पाउन सकिन्छ । पेस्ताले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ । पेस्ता सेवन उच्च रक्तचाप हुनेहरुका लागि अति उपयुक्त ओखती पनि हो ।

२.स्वस्थकर चिल्लो
पेस्तामा शरीरलाई फाइदा हुने चिल्लो पदार्थ लुकेको हुन्छ । ५० दाना पेस्तामा १६० क्यालोरी लुकेको हुन्छ ।

३.फाइबर
अन्य फाइबर जन्य खुराकको अनुपातमा पेस्तामा अत्यधिक मात्रामा फाइबर उपलब्ध हुन्छ ।

४.क्यारोटिन
पेस्तामा क्यारोटिनोइड भन्ने विशेषता लुकेको हुन्छ जसले आँखाको जोतीलाई बलियो बनाइराख्न मद्धत पुर्याउँछ ।

५.मासुको सट्टामा
पेस्तामा आबद्ध फिटोसटेरोल्स भन्ने तत्वले अन्य श्रोतबाट शरीरमा प्रवेशहुने कोलस्ट्रोललाई सोस्ने काम गर्छ । अनि यसले मासुले प्रदान गर्ने शक्ति प्रदान गर्छ ।

६.प्रोटिन
हरियो सागसब्जिमा जस्तै पेस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ र यसको सेवन साकाहारी तथा मान्साहारी दुबै थरिका मानिसहरु गर्छन् किनकि यसको प्रयोग माछामासुको सट्टामा गर्न सकिन्छ।

७.विषादीनाशक
केही निश्चित प्रकारका खानेकुरामा उपलब्ध फेनोलीक भन्ने तत्व पेस्तामा पनि उपलब्ध छ जसले शरीरमा विषादीनाशकको काम गर्छ । विषादीनाशक गुणले शरीरमा तनाव उत्पन्न हुन दिदैन जसका कारण क्यान्सर तथा मुटुजन्य रोगले घर बनाउन सक्तैन ।

८.पोषण
पेस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामीन बी को मात्रा उपलब्ध हुन्छ ।

तपाईको प्रतिक्रिया