१७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

नारीकोसिस डटकम/असोज १, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।
नुवाकोट ककनी गाउँपाकिा ५ घर भर्इ चितवनको राप्ती नगरपालिका ७ मा बस्दै आएका ५८ वर्षीय भरत सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले भवानी बजारबाट पक्राउ गरेको हो ।
२०५९ पुस २१ गते नुवाकोटको साविकको ककनी गाविस ७ सिम्ले हाल ककनी गाउँपालिका ५ की ७० वर्षीया पदमकुमारी गुरुङको मकैबारीमा शव फेला परेको थियो । सोही घटनामा उनको संलग्नता रहेको सीआईबीले जनाएको छ ।
सामान्य विवादका कारण हत्या गरिएको जनाएको छ । पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।



तपाईको प्रतिक्रिया