डेंगु, रुघाखोकी, भाइरल ज्वरो जस्ता रोगबाट बच्न अपनाउनुहोस् यस्ता घरेलु उपायहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डेंगु, रुघाखोकी, भाइरल ज्वरो जस्ता रोगबाट बच्न अपनाउनुहोस् यस्ता घरेलु उपायहरु

Share

अहिलेको परिवेशमा मुलुकका अधिकांश नागरिक डेंगु, भाइरल ज्वरो, रुघाखोकीको चापेटमा परिरहेका छन् । जसको प्रमुख कारण भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् ‘इम्युनिटी पावर’ कमजोर हुनु हो।

त्यसकारण सबैभन्दा पहिले त शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई नै सँधै बलियो बनाएर राख्नुपर्छ ।

केही उपायहरु यस्ता पनि छन्, जसले घरमै बसेर पनि उपचार गर्न सकिन्छ ।

सबैलाई थाहै भएको कुरा हो, आयुर्वेदिक गुणले भरिएको तुलसीको अनेक फाइदा हुन्छ । तुलसीको पातमा विभिन्न प्रकारका औषधिय गुण पाइन्छ ।

१.तुलसीको पातको सेवनले इम्युनिटी सिस्टम बलियो बनाउने, तनाव, टाउको दुखाई वा साइनसाइटिसबाट समेत बच्न सकिन्छ ।

२.विभिन्न अध्ययनहरुका अनुसार तुलसीको पातले विभिन्न संक्रमण विरुद्ध टी साइटोकिन्स, एनके (नेचर किलर) सेल र टी लिम्फोसाइट्स जस्ता इम्यून सेल्सको उत्पादन बढाउँछ ।

३.तुलसीमा पाइने एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लैमटोरी गुणका कारण ज्वरो र रुघा–खोकीलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

४.तुलसीमा इम्यून–मोडुलेटरी तत्व पाइन्छ, जसले इम्युनिटी सिस्टमलाई बलियो बनाउनमा समेत सहयोग पुग्छ ।

प्रयोग गर्ने विधी
-तुलसीको चिया :
तुलसीको केही पातलाई एक कप तातो पानीमा १० मिनेटसम्म उमाल्ने गर्नुपर्छ । त्यसपछि ज्वरो, मलेरिया र डेंगुबाट राहत पाउनका लागि दिनमा दुई पटक सम्म पिउनुपर्छ ।

-दुध र तुलसी :
यदि तपाईलाई ज्वरोले निकै साताएको छ भने दुधमा तुलसीको पात मिलाएर पिउनुपर्छ । यसका लागि आधा लिटर पानीमा तुलसीको पात र सुकुमेल पाउडर घोलेर उमाल्नुपर्छ । यसमा दूध र चिनी मिलाएर पिउन सकिन्छ ।

-तुलसीको जुस :
शरीरको तापमान कम गर्न तुलसीको पातको जुस पिउन सकिन्छ । यो बालबालिकाका लागि निकै प्रभावकारी मानिन्छ । १० देखि १५ वटा पातलाई थोरै पानीमा मिलाएर जुस निकाल्ने र दुई्तीन घण्टामा चिसो पानीसँग पिउनुपर्छ । यसले रुघा–खोकी र ज्वरो जस्ता समस्याबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया