बाजुरा वडा कार्यालयमा आगजनीको प्रयास

नारीकोसिस डटकम/असोज १, बाजुरा । बाजुरा – खप्तड छेडेदह गाउँपालिका १ वडा कार्यालयमा भदौ ३१ गते राती १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनी गर्ने प्रयास गरिएको छ ।
राती पानी परिरहेको बेला सबै सुतिसकेपछि अज्ञात समूह आएर आगजनी प्रयास गरिएको अध्यक्ष रावलको भनाई छ। प्लाष्टिकमा डिजेर छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा नजिकैका व्यापारीले जानकारी पाएपछि प्रयास असफल भएको वडाध्यक्ष रावलले बताए।
झ्याल फुटाउने बाहेक अन्य कुनै क्षति नभएको वडा कार्यालयले बताएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरी टोली डोगडीबाट काँडा गएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। बझाङ अछाम र खप्तडसँग नजिक भएकोले बिप्लव समूहले प्रयास गरेको अनुमान गरिएको छ।
तर, अनुसन्धान पछि मात्र त्यसबारे थाहा हुने प्रहरीले बताएको छ।



तपाईको प्रतिक्रिया