जंगली च्याउ खाँदा ५ जना गम्भीर बिरामी

नारीकोसिस डटकम/भदौ असोज २, झापा । झापा जिल्लाको कमल गाउँपालिका–५ मा विषाक्त जंगली च्याउ खाँदा ५ जना गम्भीर बिरामी भएका छन् ।
बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाएर ५० वर्षीया मीना सार्की, उनका छोरा २९ वर्षीय रमेश सार्की, २५ वर्षीय कुमार सार्की र त्यसै गाउँका ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राई सहित सबैजना सिकिस्त बिरामी भएको झापाका प्रहरीले जानकारी दिए ।
बिरामी पाँचै जनालाई दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा थप उपचारका लागि बुधबार राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको छ ।



तपाईको प्रतिक्रिया