बेलको यति धेरै फाइदा

बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण भागलाई फाइदा पुर्याउँछ। नेपालमा प्रशस्त पाइने मौसमी फल बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै फाइदाजनक हुन्छ ।
बेल स्वास्थ्यको लागि मात्र नभएर पूजाअजा गर्नका लागि पनि आवश्यक पर्दछ । बेलको महत्व हिन्दु धर्म अन्तर्गत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको पाइन्छ। शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ। शिवरात्रिको अवसरमा समेत प्रत्येक शिवालयमा प्रशस्त बेलपत्र चढाइन्छ।
कसरी खाने बेल
बिहान खाली पेटमा पानीमा मिसाएर बेलको पात या रस पिउन सकिन्छ। सलादको रुपमा खाना खानुअघि खान सकिन्छ। नियमित रुपमा मात्रा मिलाएर जुस पिउन सकिन्छ। डेजर्टको रुपमा खानाको अन्तिम समयमा पनि बेलको मात्रा लिन सकिन्छ। बेलको जाम पनि मात्रा मिलाएर नियमित लिनाले फाइदा पुर्याउँछ।
बेलका फाइदा
१.शरीरमा उब्जने विकार रगतलाई शुद्धीकरण गर्न बेल फल उत्तम मानिन्छ।
२.कानसम्बन्धी समस्या भएकाहरुका लागि बेल गुणकारी मानिन्छ।
३.पेटसम्बन्धी अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ।
४.युरिक एसिड हुनेका लागि पनि बेलले धेरै राहत दिन्छ।
५.अन्य फलको तुलनामा बेलमा धेरै कम कोलेस्टेरोल हुने हुँदा स्वस्थ्यका लागि हितकारी मानिन्छ।
६.नुन, बेसार, तेल बेलमा मिसाएर दाँत माँझ्नाले गिजासम्बन्धी समस्या निदान गर्छ।
७. बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ।
८.बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा झाडापखाला निको हुन्छ।
९.बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठिक हुन्छ।
१०.बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग निमन हुँदै जान्छ।
११.सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ।
१२.अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बेलको धुलोको काँडा खाने गरेमा पित्तको रोग ठिक हुन्छ।
१३.बेलको सेवनले खाना पचाउन मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्छ।
१४.यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ।
१५.पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि
मानिन्छ।
१६.मिर्गौलाका लागि पनि बेल उत्तम फल हो।
१७.सर्पले टोकेको व्यक्तिलाई पनि बेल फलले फाइदा पु¥याउँछ।
१८.बेलले मलेरिया लागेको व्यक्तिलाई प्राकृतिक रुपमा फाइदा पु¥याउँछ।
तपाईको प्रतिक्रिया