जोर्नी दुखाईलाई निको पार्ने घरेलु औषधी, जानीराखौँ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जोर्नी दुखाईलाई निको पार्ने घरेलु औषधी, जानीराखौँ

Share

नारीकोसिस डटकम । जोर्नी दुखाई सबैको एक साझा र पीडादायी समस्या हो । जोर्नी दुखाई हातगोडाको जोर्नी मात्र नभई शरीरको दुई हड्डी जोडिएको ठाउँमा चस्स दुख्ने, मन्द दुख्ने, सुन्निएर रातै हुने, यताउता चल्न निकै अप्ठ्यारो हुने, सहन नसक्ने गरी दुख्ने तथा कटक्क खाए जसरी दुख्ने लगायतका समस्या हो । यो दुखाई जुनसुकै उमेर समूहलाई पनि हुन सक्छ ।

यस समस्याबाट मुक्त पाउन विभिन्न किसिमका औषधी सेवन गरिरहेका हुन्छौं । यस्तो दुखाई कम गर्ने औषधीले केही समयको लागि त ठिक गर्न सक्छ तर लामो समयसम्म र पूर्ण रुपमा भन्ने काम गर्दैन ।

जोर्नी दुखाईबाट सधैँका लागि पुर्णरुपमा छुटकारा पाउन मद्दत गर्ने घरेलु औषधीको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

यसका लागि चाहिने सामग्रीहरु

कागतीको बोक्रा र ओलिव (जैतुन) ओइल ।

बनाउने विधि

१.सुरुमा दुई ओटा ठुलो कागती लिने ।

२.यदि कागती सानो छ भने ३–४ ओटा लिन सकिन्छ ।

३.अब यी कागतीको बोक्रा निकाल्ने ।

४.बोक्रा निकाल्दा सानो टुक्रा पार्नु भन्दा अलि ठुलो र लाम्चो आकारमा निकालेको राम्रो हुन्छ ।

५. सबै कागतीको बोक्रा निकालिसकेपछी सम्पूर्ण बोक्रालाई एउटा सफा सिसाको जारमा राख्ने र यसको माथिबाट ओलिव ओइल राख्ने (मिसाउने)। याद राख्नुहोस् कि ओइल राख्दा खेरी यसले कागतीको बोक्रालाई पुर्ने (डुबाउने) गरी राख्नु पर्छ ।

६.त्यसपछि राम्रो सँग जारको ढकन लगाएर यसलाई २ हप्तासम्म राख्नुहोस् । (यदि तपाइँ सँग घरमा सिसाको सानो जार छैन भने ढकन भएको अन्य सिसाको बट्टा, कप अथवा भाँडामा राख्न सकिनेछ ।

यसरी २ हप्तासम्म राखेपछि यो औषधी प्रयोग गर्न सकिन्छ ।

प्रयोग गर्ने विधि

यो औषधीमा गज या कपासको डल्ला चोपेर अर्थात् डुबाएर दुखेको भागको माथिबाट राखेर ब्यान्डेजले राम्ररी छोप्ने गरी बाँध्ने । यो औषधी प्रयोग गरेपछि राम्रो आराम गर्नु जरुरी छ, त्यसैले रातीमा बेडमा जानु भन्दा अगाडी प्रयोग गर्दा एकदम प्रभावकारी नतिजा पाउनेछ ।

कागतीको बोक्रामा केहि शक्तिशाली एन्टीसेप्टिक र एन्टी(इन्फ्लामेटरी प्रोपर्टीज् हुन्छ । हामीले कागतीको सेवन गर्दै आएपनि स्वास्थ्य सम्बन्धी यसको बोक्राबाट पाइने अद्भुत गुणहरुको बारेमा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । यसले जोर्नी दुख्ने समस्या बाट पूर्णरुपमा छुटकारा पाउनुका साथै नसा सुनिन्ने समस्यालाई निको पार्छ । साथै रक्तनालीको लागि पनि फाइदा पुरयाउँछ ।

तपाईको प्रतिक्रिया