नवलपरासीमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नवलपरासीमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

Share

नारीकोसिस डटकम/असोज ७, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका–८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

राति सवा १० बजेको समयमा पूर्वी नवलपरासीको कावासोती–८ खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नंको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नंको कार एक आपसमा ठोक्किँदा कारमा सवार ५ जनाको भएको हो ।

प्रहरीका अनुसार मृतकहरुमा पाँचजना मध्ये ३ जनाको सनाखत भएको छ । देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको हो । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया