सार्वजनिक गाडीको रुट परमिट आजदेखि खुला

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सार्वजनिक गाडीको रुट परमिट आजदेखि खुला

Share

नारीकोसिस डटकम/असोज १२, काठमाडौं । दशैँको लागि सार्वजनिक रुट परमिट आजदेखि खुला भएको छ । यातायात व्यवस्था विभागले असोज १२ गतदेखि १९ गतेसम्म इजाजतपत्र खुला गरेको हो ।

यो अवधिमा सार्वजनिक गाडी रुट परमिट बिना देशभर चल्न सक्नेछन् । दशैँ, तिहार र छठका लागि काठमाण्डौ बाहिर जाने र आउने यात्रुलाई सहज बनाउन रुट खुला गरिएको विभागले जनाएको छ ।

विभागले १२ गतेदेखि १९ गतेसम्म सामान बोकेर नारायणगढको बाटो हुँदै काठमाडौं भित्रिने ठूला गाडी सञ्चालनमासमेत रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया