विप्लव समूहको हतियार भण्डारमा प्रहरी छापा, २५ किलो विस्फोटक पदार्थ बरामद

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लव समूहको हतियार भण्डारमा प्रहरी छापा, २५ किलो विस्फोटक पदार्थ बरामद

Share

नारीकोसिस डटकम/असोज १३, झापा। प्रहरीले झापामा विप्लव समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको गोदाममा छापा मारेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा मारेको हो ।

सो भण्डारण गरेर राखेको गोदामबाट बारुदजन्य विस्फोटक पदार्थ ठूलो मात्रामा बरामद भएको प्रहरीले जनाएको ।

प्रहरीका अनुसार जुटको बोरामा लुकाईछिपाई भण्डारण गरी राखेको अवस्थामा नियोजेल लेखिएको २०५ लोला ‘हाइ एक्सप्लोसिभ’ बरामद गरिएको छ ।

अनारमनीका डीएसपी मोहनकुमार थापाका अनुसार विप्लव समूहका झापा सेक्रेटरी मनिष भन्ने प्रविण मिश्र, इञ्चार्ज सुमनसिंह पौडेल, जनसरकार प्रमुख एवं झापा जिल्ला सदस्य टिका पोखरेल लगायतले ती विष्फोटक पदार्थ भण्डारण गरेर राखेको खुलेको छ ।

तपाईको प्रतिक्रिया