दशैंमा कसरी के खाने ?

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दशैंमा कसरी के खाने ?

Share

नारीकोसिस डटकम । दसैँमा एकैपटक धेरै परिमाणमा मासु खरिद नगर्न चिकित्सकको सुझाव छ।

एकैपटकमा धेरै परिणममा मासु खरिद गर्दा बासी हुने भएकाले बासी मासु खाँदा स्वास्थ्यमा नराम्रो असर पर्छ । त्यसैले ताजा र सफा मासुलगायत स्वच्छ खानेकुरा खान चिकित्सकहरुको सल्लाह छ ।

विशेष गरी चाडबाडमा विभिन्न परिकारका खानपानले बढी महत्व पाउने गर्छ । दसैँमा मासु, मदिरा र मिठाईको झन अत्यधिक प्रयोग गरिन्छ । तर यो स्वास्थ्यको लागि फाइदा भने होइन । यसले हृदयाघात, मस्तिष्कघातजस्ता रोगको सम्भावना बढाउने हुनाले सचेत हुन जरुरी छ । विशेषगरी मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन ।

बढी चिल्लो र कोलेस्ट्रोलयुक्त खानेकुराले उच्च रक्तचाप, हृदयाघात, मस्तिकघातजस्ता मुटुसम्बन्धी समस्या निम्त्याउँछ । त्यस्तै पेटसम्बन्धी समस्या, फुड पोइजन, अल्सर, युरिक एसिड, मोटोपनजस्ता रोग लाग्ने सम्भावना अधिक हुन्छ । त्यसैले चाडबाडमा रमाइलोसँगै हामीले खानपानमा पनि ध्यान दिनुपर्छ

चिकित्सकका अनुसार पसलमा मासु किन्दा पनि सामान्य फ्रिजमा राखिएको भन्दा डिफ्रिजमा राखिएको मात्र खरिद गर्नुपर्दछ । मासु काटेर खुला राखिएको, झिँगा भन्किरहेको मासुपसलबाट मासु खरिद गरी खाँदा त्यसले ‘फुड पोइजन’ हुने, झाडाबान्ता, आउँ हैजाजस्ता रोग लाग्ने सम्भावना अध्याधिक हुन्छ ।

पहिले पकाइसकेको खानापछि प्रयोग गर्दा पुनः तताएर मात्र प्रयोग गर्न पनि चिकित्सकको सुझाव छ । एकैपटक धेरै खाँदा पाचनमा समस्या हुने भएकाले थोरै थोरै मात्र खान खानुपर्दछ ।

वृद्धवृद्धा बालबालिकालाई पनि खानामा गेडागुडी र सागपात समावेश गरी खान दिँदा पाचनमा सहज हुन्छ। सरसफाइमा ध्यान दिँदादिँदै पनि अपच, झाडापखाला भएमा जीवनजललगायत झोलिलो पदार्थ खान र समयमै चिकत्सकको परामर्शमा औषधि सेवन गर्न पनि चिकित्सकको सुझाव छ  ।

तपाईको प्रतिक्रिया