६० वर्ष यताकै जापानमा शक्तिशाली आँधी

नारीकोसिस डटकम/असोज २६, टोकियो । ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ भने थुप्रै हराइरहेका छन् ।
जापानमा सन् १९५८ यताकै शक्तिशाली हगिबीस आँधीबाट आएको छ । जसबाट राजधानी टोकियो, नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन् ।
अहिले यो आँधी २२५ किलोमिटर प्रतिघण्टाको गतीमा देशको पूर्वी तटतर्फ बढिरहेको छ ।
७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ । हालसम्म ५० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानतर्फ सरेका छन् ।
विद्युत आपूर्ति र रेलवे सेवासमेत अवरुद्ध बनेपछि कलेज र विद्यालयको पठन–पाठन बन्द गरिएको छ । ठाउँ ठाउँमा बिजुलीका पोल र रुखहरु ढल्नुका साथै सयौं सवारीसाधनमा ध्वस्त भएको छ ।
मौसमविदहरुका अनुसार आँधी बिस्तारै पूर्वी तटतर्फ सरेको बताइएको छ । एजेन्सी



तपाईको प्रतिक्रिया